मन्त्री भट्टराईले भने आगामी दशक पर्यटक दशक

जनवरी १ मा नेपालमा दुई दर्जन बढी विदेशमन्त्री आउने


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालले आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विजयी टोलीलाई वधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रमण वर्षको उदघाटन समारोह जनवरी १ मा हुने समेत बताए ।

कार्यक्रममा बाेल्दै मन्त्री भट्टराईले भ्रमण वर्षको उदघाटन समारोहमा नेपालमा दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी पनि दिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्