संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउँने



इन्द्र नेपाली तेह्रथुम
सैघाली खबर , काठमाडौ ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आठराईमा एयरपोर्टको स्थलगत अध्ययनका लागि आउनुहुने भएको छ ।

मन्त्री भट्टराई आठराईको चुहानडाडा स्थित थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री भट्टराई कार्तिक ७ बिहान ७:३० बजे आईपुग्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभयो ।

चुहानडाँडामा एयरपोर्ट बनाउने २०३२ सालदेखि नै चर्चा मात्र चल्दै आएको छ । एयरपोर्टका लागि विभिन्न समयमा सर्भे भएपनि कार्यान्वयन भएको छैन ।गत फागुन १५ मा चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण गरि फर्कने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलीकप्टर दुर्घटनामा निधन भएको थियोे । मन्त्री अधिकारीले चुहानडाँडामा ८७ करोड लागतमा ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे !

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्