बिरानो प्रहरी बिट, आवाराहरुको बिगबिगी, ८ बजेपछि घरबाहिर निस्कदैनन् महिलाहरु



सैघाली खबर केन्द्रिय ब्यूरो टिम
दाङ असोज ७

सुन्दा पनि विश्वास नलाग्न सक्छ, घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनि चोक प्रतिक्षालय संगै सटेको प्रहरी बिट लावारीस अवस्थामा रहेको छ ।
ढोडेनी तथा गिठेपानी क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने उद्धेस्यले २०७२ सालमा ११ वटा समूहरुको पहलमा स्थापना गरीएको प्रहरी बिट मा सुरुवाति ६ महिना सम्म नियमित प्रहरी बसेता पनि हाल आएर सुनसान भएको प्रतिक्षालय संगै सटेर चाट पसल सांचालन गर्दैआउनुभएकि हेमा बाँठाले बताउनुभयो ।

“आजभोलि दुइजना प्रहरी ९ बजे सम्म मात्रै गस्तिमा आउनुहुन्छ” बाँठाले भन्नुभयो ।

 

शान्तिसुरक्षाको दृष्टिकोणले अत्यन्त शंवेदनशील क्षेत्र मानिएको ढोडेनी र गिठेपानी तथा आसपासको क्षेत्रमा ९ बजे पछि आवारा , गंजडि समुहको बिबिगी हुने र घरबाट ९ बजेपछि बाहिर निस्कने अवस्था नहुने चटपट पसल संचालन गर्दै आउनुभएकि मुना र्घिले बताउनुभयो ।

बसन्त हरीयाली सामुदायिक वन उपभोक्ता समुहको सौजन्यमा निर्मित प्रहरी बिटमा ताला लगाईएको छ भने लात्ताले हानेर ढोका कुच्च्याईएको अवस्थामा बिट रहेको छ ।

बौद्ध धर्मावलम्बिहरुको पबित्र तिर्थस्थल नमछुः बौद्धगुम्बा तथा दाङ चिनाउन पुन दम्पति द्धारा नब निर्मित मनदिल भ्यू टावर समेत रहेको धार्मीक तथा पर्यटकिय क्षेत्रमा दिउँसौ गाँजा ततथा लागूपदार्थ खाएर लट्ठिएका युवाहरुले महिला , किसोरी तथा युवतिहरु असुरक्षित भएको गिठेपानी बजारमा पसल गर्दैआउनुभएकि पुजा बस्नेतले जानकारी दिनुभयो ।

“ एक पटक म नौ बजे आउँदै थिए , एकहुल गँजडीहरुले मेरो पिछा गरे एक सासमा घर आइपुगे” हेमा पुनले भन्नुभयो ।

प्रहरीले गस्ति गर्दा सम्म ढुक्क हुने तर प्रहरी गएपछि फेरी त्रासकै अवस्थामा बस्नु पर्ने अवस्था रहेको स्थानीयहरु बताउछन् ।

गिठेपनी तथा ढोडेनिको क्षेत्र आजभोलि गँजडी तथा लागु औषध दुव्र्यसनीहरुको आश्रय स्थल भएको स्थानीयले बताएका छन् ।
शान्तिसुरक्षा कायम गर्नका लागी स्थापित प्रहरी बिट किन प्रयोग बिहिन भयो भनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्ति मगर संग बुझ्दा अबिलम्ब बिट संचालन हुने र आज राति बाट रातभरि नै नियमित प्रहरी को गस्ति हुने बताउनुभयो ।

 

“मैले वडा प्रहरी कार्यालय लाई दिर्नेशनात्मक आदेश दिएको छु ” घर्तिले भन्नुभयो । “नागरीकहरुको जिउ धनको सुरक्षा गर्न प्रहरी प्रतिबद्ध छ ” घर्तिको थप प्रतिकृया थियो ।

 

आफुहरु लागुऔषध दुव्र्यसनका बिरुद्ध रणनीति बनाई अघि बढिरहेको बताउँदै घर्तिले भन्नु भयो “ लागू औषध क्लिन स्विप हुन्छ ” ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्