घरबाट भागेका तीन जना बालक दुई दिन देखि वेपत्ता, परिवार चिन्तामा



काठमाडौँ बाट दाङ हिडेका तीन जना बालक दुई दिन देखि हराईरहेका छन् । सहारा यातायात प्रा.ली. को ना.६ ख १५३२ नम्वरको वस चढी उनिहरु दाङकोलागि हिडेका थिए । फुपुको घरमा बस्दै आएका प्रदिप सुव्वाले आफ्ना दुई जना साथिहरु लिएर घरमा कसैलाई खबर नै नगरि निस्किएका थिए ।

कहि खोज्दा पनि फेला पार्न नसकेपछि अन्तमा उनको परिवार बसपार्क टिकट काउन्टरमा गएर बुझ्दा उनिहरुले दाङकोलागि टिकट काटेको बुझिएको छ । बस सहचालकका अनुसार उनिहरु दुधरासमा ओर्लेका थिए ।

प्रदिप भन्ने व्यक्ति यो भन्दा पहिला पनि दाङ आउने जाने गरेता पनि अन्य दुईजना बालक भने कहिल्यै दाङ गएका थिएनन् । प्रदिपसंग लागेर आफ्ना बच्चाहरु हराएको भन्दै प्रदिपको फुपुलाई अन्य दुई बालकको अभिभावकले धम्कि दिईरहेको परिवार स्रोतले बताएको छ । प्रदिपले आफ्ना बच्चाहरु बेच्न लगेको भन्दै परिवारलाई मानसिक तनाव दिने काम भईरहेको प्रदिपका वुवा अमन सुब्बाले बताए ।

तीनै जनाको उमेर करिब १४/१५ बर्षको रहेको छ । उनिहरु साथमा गिटार पनि लिएर हिडेका छन् । प्रदिपसंग ९८०८३८२७७२ नम्वरको सिम साथमा छ । हाल उक्त नम्वरमा सम्पर्क नहुदा परिवार चिन्तामा छ । आफ्ना बच्चाहरु कतै फेला परे ९८०९७३३६३० र ९८०७९६०६६९ मा सम्पर्क गरिदिन परिवारले आग्रह पनि गरेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्