मंसिरमा वज्यो भूमिकाको पञ्चेबाजा (भिडियो)



‘स्टेज क्वीन’को उपमा पाएकी भूमिका गिरीले बिहेको लगनको मौका छोपेर पञ्चेबाजाको धूनमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेकी छन् ।

‘तारासँगै जून, बिर्स्यौकि मायाँले मैले लाको गुन’ बोलको गीत शुक्रबार साँझ युट्युबमार्फत सार्वजनिक भएको हो । यो गीतमा भूमिका गिरीलाई रबिन लामिछानेले स्वरमा साथ दिएका छन् । यो गीत बजाएर बिहेको बेला छमछमी नाच्न मिल्छ ।

‘हाम्रो नयाँ प्रयासलाई माया गरिदिनु हुन्छ भन्ने आशा गरेका छौं,’ भूमिकाले भनिन् । गीतको छायांकन गोर्खाको हर्मीमा गरिएको थियो । म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् ।

सुस्मिता सापकोटा र रमेश थापाको मुख्य अभिनय रहेको यो गीतमा रामजी प्रसाद पन्तको निर्देशन र प्रकाश धमलाको सम्पादन छ ।स्टुडियो रागमा रेकर्ड भएको यो गीतको एरेन्जर आशिष अबिरल छन् । बजार व्यवस्थापन आशिष म्युजिकले गरेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्