डा. बाबुरामले भने-‘टीकापुर घटना राजनीतिकरुपले समाधान होस्’



कैलाली । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकोले समाधान पनि राजनीतिबाटै हुने बताएका छन् । उनले यो घटनालाई अदालतले फैसला गर्न नसक्ने ठोकुवा समेत गरे ।

आज मंगलबार धनगढीमा थारु अगुवाहरुसंगको भेटघाटमा उनले यस्तो बताएका हुन् । थारु अगुवाहरुले डा. भट्टराईसंग थरुहट आन्दोलनप्रतिको बुझाई, संविधान संशोधन, थारुमा बढिमात्रमा देखिएको सिकलसेल रोग, सरकारले लोकसेवा आयोगका लागि निकालिएको विज्ञापन, भूमि समस्या समाधान जस्ता विषयमा छलफल गरेका थिए ।

छलफललाई सहजीकरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले संविधानमा उल्लेखित धेरै कुरा राम्रो भए पनि त्यसको कार्यान्वयन पक्ष फिलतो भएको कारण पछाडी पारिएका समुदाय झन् अन्यायमा परिरहेको महसुस गर्न बाध्य भएको बताए । उनले अधुरो र अपुरो क्रान्तिलाई पुरा गर्न देशमा पुन जनआन्दोलनको खाचो रहेको बताए ।

त्यसै गरी स्वास्थ्यमन्त्री डा. उपेन्द्र यादबले थरुहट आन्दोलन अधिकारको आन्दोलन भएकोले टीकापुर घटनाका आरोपितहरुलाई फौजदारी मुद्दा लगाउनु अर्को अन्याय रहेको बताए । उनले पनि टीकापुर घटनाको समाधान राजनीतिबाटै सुल्झाउनुपर्ने बताए ।

स्वास्थ्यमन्त्री यादवले नेपालमा ७ वटा प्रदेश कुनै हालतमा व्यवहारिक हुन नसकेको बताउँदै यसको परिणाम सबै भन्दा बढि उत्पीडित थारु र मधेशी समुदायले भोग्नुपरेको बताए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्