भालुको आक्रमणबाट एक गम्भीर घाइते



अछाम । अछाममा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ५५ वर्षीय बिरु सुनार भालुको आक्रमणबाट गम्भीर घाईते भएका हुन् ।

आज बिहान ७ बजेतिर गाउँ नजिकैको घरछानोमा भैसीको स्याहार गर्न जाने क्रममा उनलाई भालुले आक्रमण गरेको स्थानीय बिर बहादुर कुँवरले जानकारी दिए । भालुको आक्रमणबाट उनको आँखा, अनुहार, छाती लगायतका ठाउँमा गहिरो चोट लागेको छ ।

घाईतेको सुनारको अहिले बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्