मोडल “कृष्ण रेग्मी” सपना देख्दै, सपनिले रात नछोड्दा तनावमा



काठमाडौं । मोडल कृष्ण रेग्मीले अभिनय गरेको गीत ‘सपनिले रात छोडेन’को छायांकन सकिएको छ । चितवनको रमणीय परिवेशमा यो गीतको छायांकन साउन १३ गते सम्मपन्न भएको हो । बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा लागिपरेका रेग्मीले यो पटक भने फरक किसिमको मायाँ प्रेमलाई प्रस्तुत गर्न खोजेका छन् ।

गीतमा उसको प्रेमिकाको रुपमा अनिशा पुरी रहेकी छिन् । अनिशा पुरी नव मोडल हुन् । उक्त गीतको निर्देशन कृष्ण लामाले गरेका हुन् । लामाले विगत केही वर्ष पहिलेबाट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् ।

भिडियोमा प्रेमिले प्रेमिकालाई कति याद गर्छ भन्ने कुरालाई देखाउन खोजिएको मोडल रेग्मीले बताए । उक्त भिडियो केही दिन पछि नै युट्युवमा प्रसारण हुने उनले जानकारी दिए । अब उनले आफ्नो प्रेमिकालाई सपनीमा कति सम्झिए भनेर थाहा पाउन र उनको अभिनय हेर्न भिडियो नै कुर्नुपर्ने हुन्छ । त्यसको लागि प्रतिक्षा गर्नुहोला ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्